जनतामा सही विचार बिजारोपण गर्न मेचीमहाकाली अभियान : मनोज भट्ट

जनतामा सही विचार बिजारोपण गर्न मेचीमहाकाली अभियान : मनोज भट्ट

सुर्खेत –  राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको बताउनुभएको छ । जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आइतवार आयोजित पत्रकार भेटघाटमा उहाँले यस्तो बताउनुभएको हो ।

“हामीले जेठ १–१५ गतेसम्म देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ”, महासचिव भट्टले भन्नुभयो, “सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।”

सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उहाँको भनाइ थियो ।
महासचिव भट्टले देशमा राजनीतिक स्थायीत्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया