स्वास्थ्य शिविरमा दुई सय बढीले लिए निःशुल्क सेवन

स्वास्थ्य शिविरमा दुई सय बढीले लिए निःशुल्क सेवन

सल्यान  –   सल्यानको शारदा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी सेवाग्राहीले लाभान्वित भएका छन् ।

पालिकाको वडा न ९ मा सञ्चालन भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा दुईं सय ८ जना सेवाग्राहीले सेवा लिएको शारदा नगरपालिकाले जनाएको छ ।

शिविरमा १सय ५२ महिला र ५६ पुरुष गरी २ सय ८ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखा प्रमुख विरेन्द्र हमालले बताउनुभयो । गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको उहाँको भनाई छ ।

जनरल फिजिसियन र अनुभवी डाक्टरद्धारा बिरामीको स्वास्थ्य परीक्षण गुर्नका साथै प्रयोगशाला, अल्ट्रासाउन्ड, निःशुल्क औषधी वितरण र प्रेषण सेवा प्रदान गरिएको उहाँको भनाई छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया