रुकुम पश्चिममा २५ सय घरमा खरको छाना विस्तापित गरिदैं

रुकुम पश्चिममा २५ सय घरमा खरको छाना विस्तापित गरिदैं

फाइल तस्बिर

रुकुम पश्चिम-   रुकुम पश्चिममा पछिल्लो सयम खरको छाना हटाउने कामले तिव्रता पाएको छ । जिल्ला भर खरकोे छाना हटाउने कामले तिव्रता पाएको हो । ३ नगरपालिका र ३ गाउँपालिका मिलेर बनेको रुकुम पश्चिममा सबै स्थानीय तहले खरको छाना हटाउने योजनालाई प्राथमिकताका साथ अगाडि बढाएका छन् ।

जिल्लाभर यो आर्थिक वर्षमा २५ सय २२ घरमा खरको छाना विस्तापित गरेर जस्ताको पाता राखिदै छ । सबैभन्दा बढी १६ सय खरका छाना विस्तापित गरेर जस्तापाता राख्ने लक्ष्य आठबीसकोट नगरपालिकाले लिएको छ । भने सबै भन्दा कम ५२ खरका छाना विस्तातित गरेर जस्तापाता राख्ने लक्ष सानीभेरी गाउँपालिकाले लिएको छ ।

मुसीकोट नगरपालिकाले १ सय ६१, चौरजहारी नगरपालिकाले २ सय ३०, त्रिवेणी गाउँपालिकाले २ सय १४ र बाँफिकोट गाउँपालिकाले २ सय ६५ खरका छाना विस्थापित गर्ने लक्ष्य लिएको छ । खरको छाना विस्थापितका लागि स्थानीय सरकारले प्रति परिवार ५० हजारका दरले रकम विनियोजन गरेका छन् । बाँफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकाले भने फरक बजेट विनियोजन गरेका छन् । मुसीकोटले १ सय ६१ घरधुरीलाई ५५ हजारका दरले रकम विनियोजन गरेको नगरकार्यपालिका प्रवक्ता समिरजङ मल्लले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले ८९ लाख बजेट विजियोजन गरेको छ । ५० प्रतिशत काम सम्पन्न गरेर भुक्तानी समेत लिइसकेको र बाँकी ५० प्रतिशतले निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । बाँफिकोट गाउँपालिकामा २ सय ६५ घरमा खरको छाना विस्थापित हुँदा ३४ घरधुरीले जस्तापाताको लागि ३१ हजार ८ सय २३ र बाँकी २ सय ३१ घरधुरीले ५० हजारका दरले रकम प्राप्त गर्ने बाँफिकोट गाउँपालिकाका प्राविधिक प्रमुख दलबहादुर ओली बताउनुहुन्छ ।

अन्य ४ पालिका चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकामा भने खरका छाना विस्थापित गर्न छनोटमा परेका प्रत्यक घरले समान ५० हजार रकम प्राप्त गर्ने छन् । १६ सय खरका छाना विस्थापित गरेर जस्तापाताले घर छाउने लक्ष लिएको आठबीसकोट नगरपालिकाले ९ करोड बजेट विजियोजन गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो। उहाँका अनुसार यो आर्थिक वर्षमा नगरपालिकामा ठुलो संख्यामा खरका छाना विस्थापित गरेपनि पुरै सकिने छैन् ।

आउँदो आर्थिक वर्षमा नगरपालिकामा थप विस्थापित गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा १ करोड ७ लाख र चौरजहारी नगरपालिकामा १ करोड १५ लाख रकम विनियोजन गरिएको जनाएको छ । आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट त्रिवेणी गाउँपालिका योजना शाखाका अमरराज पुनले बताउनुभयो ।

खरको छाना हटाएर जस्ता पाताले घर निर्माण गर्न नसक्ने अवस्थामा रहेकालाई स्थानीय सरकारले ५० हजार रकम बराबरको जस्तापाता प्रदान गर्दा घर निर्माणमा ठुलो राहत मिलेको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का मोतिराम ओलीले बताउनुभयो । उहाँले भन्नुभयो केही रकम आफै जुटाउन परेपनि स्थानीय सरकारले जस्तापाता किन्ने रकम उपलब्ध बनाउँदा सहज भएको छ ।-कखरा

 

प्रतिक्रिया