पूर्वराजालाई यामलाल कँडेलको प्रश्न : परिवार बचाउन नसक्नेले देश बचाउन सक्छ ?
सुर्खेत – नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजसंस्था फर्काउने कुनै आश नगर्न चेतावनी दिनुभएको छ ।
आइतबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा बोल्दै कँडेलले पूर्वराजा शाहले गरेका गतिविधिले समाजमा द्वन्द्व निम्त्याउने बताउनुभयो ।
शनिबार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका पूर्वराजा शाहको टोलीलेसहितको उपस्थितिमा भएको कार्यक्रम र उहाँले गरेको सम्बोधनलाई लिएर ‘आफ्नो परिवारको वंश बचाउन नसक्नेले देश बचाउन सक्छ? ’भन्दै टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘दलीय प्रक्रियामा दलको विकल्प हुन सक्छ। त्यसको समय अनुकुल अगाडि बढ्न सकिन्छ। तर, व्यवस्था, संविधान र लोकतान्त्रिक गणतन्त्रको विकल्प कसैले सोच्न सक्छ भने हामी मुकर्दशक भएर बस्न सक्दैनौँ। त्यसतर्फ नेकपा एमालेको ध्यानर्षण भएको छ।’
कँडेलले पूर्वराजालाई नेता बन्ने रहर छ र राजनीति गर्ने भए पार्टी खोल्न चुनौती दिनुभयो ।
प्रतिक्रिया