रिहा भए रेशम चौधरी

रिहा भए रेशम चौधरी

काठमाडौँ –  टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन् । उक्त घटनाको आरोपमा पक्राउ परेका रेशमलाई आममाफी दिइएको हो।

समग्रमा गणतन्त्र दिवसका अवसरमा आज राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिनुभएको हो । काठमाडौंमा उनको कुनै औपचारिक र अनौपचारिक कार्यक्रम तय भएको छैन।

उनी रिहा भएलगत्तै कार्यकर्ताको स्वागतपछि सोझै गृहजिल्ला कैलालीस्थित टीकापुर जाने कार्यक्रम रहेको उनीनिकट स्रोतले जनाएको छ। ुसुरुमा कैलाली जाने र आमाबाट आशीर्वाद लिन खोज्नुभएको छ, उनीनिकट स्रोतले बतायो।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।

 

प्रतिक्रिया