पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना

पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौँ –  आज ६ प्रदेशका पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र बागमती प्रदेशका पहाडी भेगकै एक–दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का (१० मिलिमिटर पानी पर्नु) वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशकै पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले कुनै ठूलो ‘सिस्टम’ (पानी पार्ने मौसम प्रणाली) नरहेकाले ठूलो वर्षाको सम्भावना भने छैन ।

 

प्रतिक्रिया