यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका सवालमा क्षमता विकास तालिम

यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका सवालमा क्षमता विकास तालिम

सुर्खेत-   सुर्खेतको वीरेन्द्रनगरमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका सवालमा सरोकारवालाहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेन, सोसेक नेपाल, बिडियस को आयोजनामा सम्पन्न भएको हो । यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायका सवालमा क्षमता विकास कार्यक्रममा विरेन्द्र नगरपालिकाका ५ वटा विद्यालयका नगरपालिकाका कर्मचारी लगायत २५ जनाको सहभागिता रहेको थियो । क्षमता विकास कार्यक्रमका सहभागिहरुले लैंङ्गिक अल्पसंख्यक समुदाय आत्मसम्मानका साथ जिवन जिउनुपर्ने लागायतका कुराहरु उल्लेख भएका थिए ।

हामीले आफ्ना वरपर रहेका लैंङ्गिक अल्पसंख्यक समुदायलाई गर्ने व्यवहार परिर्वतन गर्नुपर्ने सोसेक नेपालका संस्थापक तथा कार्यकारि निर्देशक हीरासिंह थापाले बताउनुभयो । उहाँले यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायलाई फरक दृष्टिकोणले नहेरेर आफ्नै घरको सदस्यलाई जस्तै सकारात्मक व्यवहार गर्नुपर्ने भनाई थियो । सकारात्मक विभेद हुनु राम्रो हो, उहाँले भन्नुभयो, तर, नकरात्मक विभेद नहोेस भन्ने हो । उहाँले भन्नुभयो, सोसेकले नेपालले गुराँस गाउँ पालिका १० वटा विद्यालय र विरेन्द्र नगरपालिका सुर्खेतका ५ वटा विद्यालयमा यौंनिक तथा लैंगिक अल्पसंख्यक का सवालमा काम गर्न लागेको थापाले वताउनुभयो ।

त्यस्तै यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण, फरक, भेदभाव गर्ने, लगायत अहिले पनि विभेद भइरहेकाले सामाजिक चेतनको लागि र समाजको चेतना बदल्नको लागि सामाजिक चेतनाको विकास गर्नुपर्ने यौनिक तथा लैंङ्गिक अल्पसंख्यक महासंघ नेपालकि उपाध्यक्ष भुमिका श्रेष्ठले बताउनुभयो । संघ प्रदेश र स्थानीय स्तरमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यक र एच. आई.भि संक्रमित तथा प्रभावित समुदाय लक्षित बजेट तथा नीति तथा कार्यक्रमको काम गर्नुपर्ने उहाँको भनाई थियो ।

जिल्लामा एउटा टे«निङ सेन्टर हुनुपर्ने सहभागिहको भनाई थियो । सुर्खेतमा एउटा मात्र तालिम केन्द्र रहेकोले यस्को बिस्तार जिल्ला जिल्ल्लामा हुनुपर्ने भनाई थियो । गाउँ समाजका कारण समाजमा आत्महत्या गर्नेको दर पनि बढेको बताइएको छ ।

प्रतिक्रिया