अन्धनाशक मावि खुम्चेरीमा आइसीटी ल्याब स्थापना

अन्धनाशक मावि खुम्चेरीमा आइसीटी ल्याब स्थापना

रुकुम पश्चिम-   रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा रहेको अन्धनाशक मावि खुम्चेरीमा आइसीटी ल्याब स्थापना गरिएको छ । रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा ल्याब स्थापना गरिएको हो ।

६ लाख ५० हजार लागतमा विद्यालयमा ल्याब स्थापना गरिएको विद्यालयले जनाएको छ । अल इन वान कम्प्युटर, फोटोकपी मेसिन र डिजिटल बोर्ड जडान गरिएको छ । ल्याब स्थापना भएपछि अव प्रविधिको माध्यमबाट पठन पाठन गराउन सहज हुने भएको छ ।

प्रविधिले पठन पाठनमा सहज हुने र विद्यार्थीलाई विषयवस्तुमा आकर्षित गर्न मद्त पुग्ने विश्वास शिक्षक गणेश बाँठाको छ । अहिले भन्दा थप सजिलो हुने र विद्यार्थीले सजिलो गरी बुझ्नमा ल्याबले सहयोग गर्नेमा आफुहरु विश्वस्त रहेको उहाँको भनाई छ ।

बाल विकास देखि कक्षा १० सम्म प्रविधिको प्रयोग मार्फत पठन पाठन गराइने विद्यालयले जनाएको छ । तर स्मार्ट बोर्ड एउटा मात्रै भएकोले पालै पालो अध्यापन गराउँदा केही असहजता भने हुने शिक्षक बाँठाले बताउनुभयो ।

उहाँका अनुसार इन्टरनेट नभएको अवस्थामा पनि सहजै पढाउन सकिने छ । इन्टरनेट नभएको बेला नोट प्याड मार्फत शिक्षण गर्न सकिने उहाँको भनाई छ । विद्यालयमा आइसीटी ल्याब स्थापना भएपछि विद्यार्थीहरु खुसी भएका छन् ।

प्रतिक्रिया