प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता सुरु

प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता सुरु

काठमाडौँ –   भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ।

हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भेटवार्ता जारी छ। यसलगत्तै दुई समकक्षीबीच पुनः वन टु वन वार्ता हुनेछ।

उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन् ।

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाट पुगी पुष्पगुच्छा अर्पण गरेका थिए।

भ्रमण टोलीसहित बुधबार भारत पुगेका प्रधानमन्त्री प्रचण्ड चार दिन भारतमा रहनेछन्। चौथो दिन अपराह्न उनी दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ।

प्रतिक्रिया