ललितपुरमा स्तनपान कक्षसहितको शौचालयको शिलन्यास

ललितपुरमा स्तनपान कक्षसहितको शौचालयको शिलन्यास

 

ललितपुर-   पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण हुने भएको छ। उक्त ‘स्मार्ट शौचालय’को ललितपुर महानगरपालिकालका प्रमुख चिरीबाबु महर्जनले बिहिबार शिलन्यास गर्नुभएको थियो ।

स्तनपान कक्षसमेत रहने गरी शौचालयको निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ। महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउनुभयो ।

उहाँका अनुसार अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । उहाँले भननुभयो, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।’

प्रतिक्रिया