गुठि समस्या समाधान विषयमा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत – दैलेखमा रहेको गुठि समस्या समाधानको लागि सरोकारवालाहररुबिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । । दुल्लु नगरपालिकामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा गुठि संस्थानका पदाधिकारीहरु लगाएत जिल्ला भित्रका सम्बन्धित सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
दैलेखमा हाल विभिन्न मन्दिरहरुको नाममा साना गुठि र पञ्चकोशी क्षेत्रका विभिन्न पाँचवटा मन्दिरको नाममा ठुला गुठिहरु गरि करिब दुइसय भन्दा बढि गुठिमा ८० प्रतिशत जग्गा रहेको छ ।
गुठिमा रहेको जग्गालाई साधारण भोचचलन बाहेर पानी विद्युत लगाएत कुनैपनि प्रयोजनमा ल्याउन नपाएकोमा जग्गाधनीहरुले हैरानी खेप्नुपरिरहेको छ । अर्कोतिर उक्त गुठिमा रहेको जग्गाको राजस्व समेत रैकरको भन्दा २५० गुणा बढि भएकोले उक्त जग्गा बेचबिखन गरेपनि नपुग्ने भन्दै अन्तरक्रियाका सहभागिहरुले आक्रोस व्यक्त गरेका थिए ।
अन्तरक्रियाको अवसरमा बोल्दै दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले गुठि समस्याले जग्गाधनिहरु मारमा परेको भन्दै साधारण कामको लागि गुठि संस्थान र सरोकारवालाहरुले न्युनतम आधाभुत आवश्यकतामा जग्गा प्रयोगको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
गुठिको वर्गिकरण आजको आवश्यकता भएको कर्णाली प्रदेश सभासदस्य घनश्याम भण्डारीले बताउनुभयो । काठमाण्डौँमा गुठि आवश्यक भएको र दैलेखमा गुठि गलाको पासो भएकोमा गुठि ऐन बनाएरै भएपनि गुठि वर्गिकराण आवश्यक भएको उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमको अवसरमा उठेका सवालमाथी बोल्दै गुठि संस्थानका केन्द्रिय अध्यक्ष शिवराम पण्डितले गुठि ऐन नआउँदासम्म सबै समस्याको समाधान हुन नसकेको धारणा व्यक्त गर्नुभयो । उहाँले गुठि विद्येयक नहुँदा सम्म संस्थानले गुठिको वर्गिकरण र व्यवस्थापन गर्न चुनौति रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिका र भैरवी गाउँपालिका भित्रका जनप्रतिनिधिहरु, गुठि संस्थानका महन्त पुजारी,लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया