भूमीसम्बन्धि समस्या र समाधानको उपाएबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

भूमीसम्बन्धि समस्या र समाधानको उपाएबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत –   कर्णालीमा भूमीसम्बन्धि समस्या र समाधानको उपाए सम्बन्धमा सरोकारवालाबिच अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास समितिको आयोजनामा भूमि सम्बन्धी समस्या र समाधानका उपाय सम्बन्धमा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न हो ।

समितिका सभापति कर्णाली प्रदेश सभा सदस्य घनश्याम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथि प्रतिनिधि सभा सदस्य सीताकुमारी राना, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा ज्यू, गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितको उपस्थिति रहेको थियो ।

त्यस्तै भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्याल र सदस्यहरू महेशप्रसाद खनाल र फत्तेबहादुर सोती, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, मालपोत अधिकृत चेतनकुमार खत्री, गुठी संस्थानका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया