पलाता गाउँपालिका १ मा आचासंहिता निर्माण कार्यक्रम सम्पन्न

पलाता गाउँपालिका १ मा आचासंहिता निर्माण कार्यक्रम सम्पन्न

कालिकोट-  कालिकोटको पलाता गाउँपालिका १ मा आचासंहिता निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

एइ आइ एन लक्जेम्बर्गको आर्थिक सहयोग पलाता गाउँपालिकाको समन्वय र सोसेक नेपालद्धारा पलाता गाउँपालिकामा संचालित आधार परियोजनाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कालिकाटको पलाता गाउँपालिका १ मा रहेको गणेआधारभुत विद्यालयमा आचारसंहिता निर्माण सम्बन्धि कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

आचारसंहिता निर्माण कार्यक्रममा ३७ जना अभिभावक र बालबालिको सहभागिता रहेको थियो । आचारसंहिता कार्यक्रममा बालबालिका र अभिभावक बिचमा बालबालिकाले गर्न हुने र गर्न नहुने व्यवहारका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया