एमाले सचिवालय बैठक, केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने तयारी
काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।
गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको हो ।
एमालेको सचिवालयमा पदाधिकारीसहित १९ जना सदस्य रहेका छन् ।
प्रतिक्रिया