गर्भ जाँच गर्न स्वास्थ्य संस्था जादैनन् राउटे समुदायका महिला

गर्भ जाँच गर्न स्वास्थ्य संस्था जादैनन् राउटे समुदायका महिला

नौ महिनामा एकपटक पनि पुग्दैनन् स्वास्थ्य संस्था

दैलेख –  राउटे समुुदायकि बाङ्गे शाही १७ वर्षको भइन् । उनी अहिले गर्भवति छिन् । १३ वर्षको उमेरमा विवाह गरेकि उनी १६ वर्षमा पहिलोपटक गर्भवती भएकि थिइन मदिरा सेवनका कारण उनको गर्भपतन भयो । अहिले उनी दोस्रो पटक गर्भवति छिन् । चार महिना भयो गर्भवति भएको । तर,उनी गर्र्भ जाँचका लागि नत, अहिले जान्छिन् नत पहिले गइन् ।

त्यस्तै राउटे समुदायकै ४२ वर्षिया फुल्लेरी शाही गर्भवति भएको सात महिना भयो । तीन वटा छन् । पहिले पनि धेरै जन्माउउदै बितेका थिए । यहाँ सम्म पुग्दा समेत उनी एक पटक पनि अस्पताल पुगेको छैनन् । पुग्न पनि चाहदैनन् । बाङ्गे शाही र फुल्लेरी शाही मात्र नभएर यो समुदायका सबैजना महिलाहरु गर्भवति भएपछि स्वास्थ्य संस्थामा गर्भजाँच नगर्ने गरेको राउटे परियोजनामा कार्यरत जोडी शिक्षक दुर्गा खत्री बतानुहुन्छ । उहाँका अनुसार राउटे समदायका सबैजना महिलाले गर्भ जाँच गर्न स्वास्थ्य संस्था नजाने र गर्भजाँज गर्न नमानने गरेको उहाँ बताउँनुहुन्छ । गर्भ जाँच गर्न अहिलेसम्म स्वास्थ्य संस्था गएका छैनन् जान पनि मान्दैनन्, ’उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा गएमा सुइ लगाउछन् भन्छन् । र जान हुँदैन हाम्रो पुर्खाले घरमै जान्मायो भनेर भन्ने गर्छन ।’
घरभन्दा टाढा लगेर बच्चा जन्माउछन्

सुन्दा अचम्म लाग्ला । अन्य समुदायको महिलाहरु सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल सम्झिन्छन् । एम्बुलेसन्स गाउँमा भए स्ट्रेचर सम्झिन्छन् । तर,जंगलमा फिरन्ते जिवन बिताउदै आएको राउटे समुदाय कुना काप्चा, खोलाखोल्सी कसैले नदेख्ने ठाउँमा लिएर सुत्केरी गराउँछन् । अन्य समुदाय सुत्केरी व्यथा लाग्ने बित्तिकै अस्पताल दुर्गुछन् भन्ने यो समुदाय घरभन्दा बाहिर बस्तिबाट पाँच सात मिटर पर लिएर जन्माउने चलन रहेको जोडि शिक्षक लाल बहादुर खत्री बताउँनुहुन्छ ।

उहाँका अनुसार अन्य समुदायले अस्पतालमा जन्मिए पनि दुध चुसाउने चलन छ ।, तर, यो समुदायले बच्चा जन्माइसकेपनि पुरै समुदाय र घरघरमा नडुलाएसम्म दुध चुसाउदैनन् । सरसफाई गर्नुको साटो समुदायमा लैजान्छन् । सरसफाई गर्दैनन् । जस्ले गर्दा चिसो भएर सुनिने गर्छ ।’

गर्भवति अवस्थामा घरभन्दा पाँच सात मिटर पर बस्ति नदेखिने ठाउँमा लिएर बच्चा जन्माउने गरेको खत्रीको भनाई छ । पहिले पहिले पहिले हामी बस्तिमा काम गर्नेलाइ समेत त्यो अवस्थामा बस्तिमा समेत प्रवेश गर्न दिदैन थिए ,’उहाँले भन्नुभयो, ‘अहिले व्यथा लागेको समयमा बस्ति सम्म प्रवेश गर्न दिन्छन् तर, बच्चा जन्माउने ठाउँमा जान दिदैनन् ।’

स्वास्थ्य संस्था नजादा जोखिममा आमा र बच्चा

नेपाल सरकारको नियम अनुसार कम्तिमा आठ पटक स्वास्थ्य सस्था पुगेर गर्भजाँच गराउनुपर्छ । तर, राउटे समुदायका महिलाहरुले आठ पटक त के स्वास्थ्य संस्थानै जादैनन् । गर्भवति अवस्थामा स्वास्थ्य संस्था किन जादैनौँ ? भन्ने प्रश्नमा राउटे समुदायकि फुल्लेरी शाहीले भन्नुभयो, ‘हाम्रो पुर्खाले स्वास्थय संस्था नगएर घरमै बच्चा जन्मायो । अहिले हामी किन जाने स्वास्थ्य संस्था हामी पनि घरमै जन्माउछ । स्वास्थ संस्था गए सुइ लगाउछन् ।’

त्यस्तै राउटे समुदायकि ४२ वर्षिय गमला शाही पनि स्वास्थय संस्था जान सहमत हुनुहुदैन । स्वास्थ्य संस्था किन जानुहुँदैन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘हाम्रा पुर्खाले यहि बस्तिमै जन्मायो । हामीले पनि यहि पायौँ । हामी किन जाने स्वास्थ्य संस्था ?’
घरमै सुत्केरी व्यथा लागेर कसैले दुइ तीन घण्टामा बच्चा जन्माइहाल्ने उहाँले बताउँनुभयो । सुत्केरी हुने भएमा कसैले एक दुइ घण्टामा पाइहाल्छ,’उहाँले भन्नुभयो, ‘ कसैलाई बिहानबाट साँझसम्म व्यथा लागेर बच्चा जान्माउछ ।’ बच्चा जन्मिसकेपछि नाभि केले काट्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘बच्चा जन्मिसकेपछि नाभि घरेलु सामानबाट काट्छ । चक्कु लगायत अन्य सामान ।
यो समुदाय सानैमा बिहे गर्छ । राउटे समुदायमा परिवार नियोजनसम्बन्धि ज्ञान समेत छैन ।

बच्चा जन्माइसकेपछि नाभि घरेलु सामानले काट्ने गरेको बताउँछन् । सानो समयमै विवाह गरेर सानो उमेरमा नै विहे गरेर गर्भवति हुन्छन् । उमेर नपुगेर विवाह गर्दा एउटा उनीहरुको उमेर पनि परिपक्व भएको हुँदैन । गर्भधारण गर्ने, पाठेघर, मानसिक, शारिरिक विकास राम्रोसँग भएको हुँदैन । त्यस्मै उनीहरु आमा बन्छन् । बाहिर कसैससँग नभनेता पनि जस्ले गर्दा उनीहरुमा दिर्घकालिन रुपमा समस्या भएको हुन्छ ।

शारिरिक तथा मानसिक रुपमा परिपक्व नभएका कारण उनीहरुमा एनेमिया, रगतको कमि हुने, इन्फेक्सन बढी हुने, बच्चा जन्मिने बेला लामो समयसम्म व्यथा लाग्ने, रगत धेरै बग्ने लगायतका समस्या हुन सक्ने कर्णाली केयर अस्पताल सुर्खेतमा कार्यरत प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा सजिप्ता पन्त बताउँनुहुन्छ । यि र यस्ता समस्यया पनि स्वास्थ्य संस्थामा पुगेर निरन्तर गर्भ जाँच गरे समयमा नै जानकारी हुन्छन्,’उहाँले भन्नुभयो, ‘वा उनीहरु सानै उमेरमा गर्भवति भएर स्वास्थ्य संस्थामा गएमा सानो उमेरमा गर्भवति हुनुहुँदैन भनेर चेतना हुन्थ्यो । तर,उनीहरु हस्पिटलनै जादैनन् कसरी सिकुन सानो उमेरमा गर्भवति हुनुहँदैन भनेर । उनीहरुलाई गर्भपतनसम्बन्धि तरिका नभएर नै यस्तो भएको हो ।’

नेपाल सरकारले गर्भवति र सुत्केरीका लागि प्राथमिकतामा राखेको छ । तर, राउटे समुदायका महिलाहरुलाई त्यस्को हावा पनि लाग्न नसकेको अवस्था छ । आमा र बच्चा दुबैसँग जोडिएको विषय भएर सरकारले प्राथमिकतामा राखेको छ । तर, पनि राउटे समुदाय भने उही पुरानो जीवनशैली फसेको छ ।

गर्भवति भएको अवस्थामा स्वास्थ्य संस्था पुगेमा गर्भवतिको पाठेघरमा केही समस्या छ कि, थाइराइड, सुगर वा अन्य कुनै शारिरिक मानसिक रोग छ पो कि जस्का कारणले गर्दा आमा र बच्चा दुबैको स्वास्थ्यलाई खतरा हुन्छकि भन्ने कुरा जाँच गर्न गए बेलैमा जानकारी हुने डा. पन्तको भनाई छ । त्यही अनुसार औषधी उपचार गर्ने हो,’उहाँले भन्नुभयो, ‘नौ महिनासम्म एकपटक पनि जाँच गर्न गएन भने बच्चाको तौल कति छ ? पानीको मात्र कस्तो छ ? बच्चा उल्टो वा सुल्टो पल्टेको छ ? त्यो स्वास्थय संस्थामा गएर जाँच नगरेर थाहा नहुने कुरा हो ।सुत्केरी व्यथा लाग्यो तर, बच्चा उल्टो बसेको छ, तेस्रो बसेको छ भनेपछि लामोसमयसम्म व्यथा लाग्ने । बच्चा जन्मिन नसकक्ने, लामो समयसम्मको व्यथाले आमालाई गाह्रो हुने वा पाठेघर फुट्ने, वा लामो समयसम्म व्यवथा लाग्यो बच्चा निस्केन । खुट्टा मात्र बाहिर निस्केछ भने राउटे समुदायमा बच्चा तान्दिने हुन्छ । जस्ले गर्दा बच्चाको ज्यान जान सक्ने, पाठेघर फुट्ने, धेरै रगत बग्ने समस्या बढी हुन्छन् ।’

नौ महिनासम्म गर्भ जाँच गर्न जादा स्वास्थय सस्थाले दुइवटा डोज टिटानसको सुइ लगाइदिन्छ । त्यस्ले गर्भवति अवस्थामा बच्चालाई टिटानसको रोगबाट बचाउछ । अर्को आइरन क्याल्सिियम चक्कि दिन्छ जस्ले गर्दा आमामा हुने रगतको कमि वा हड्डिहरुको विकासका लागि काम गर्ने पन्तको भनाई छ ।

राउटे समुदाय जहाँ पुग्छन् त्यहाँ स्वास्थ्यको पहुँचमा नभएकाले र पहिलेबाटै राउटे समुदाय स्वासथय संस्था नजाने गरेकाले स्वास्थय संस्था नगएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाको भनाई छ । पहिलो कुरा यो समुदाय पहिलेबाट नै स्वास्थ्य संस्था जादैन थियोे,’उहाँले भन्नुभयो, ‘महिनाको र समयअनुसार बस्ति सार्ने काम गरिहरनछन् जस्ले गर्दा स्वास्थ्य संस्था नजिक हुँदैनन् ।’ राउटे समुदायका गर्भवति महिलाहरुका लागि हामीले एकजना अनमि नै नियुक्त गरेको उहाँले बताउँनुभयो ।

गर्भवति अवस्थामै मदिरा सेवन , खादैनन् पोषिला खानेकुरा

राउटे समुदायका महिलाहरु अत्यधिक रुपमा मदिरा सेवन समेत गर्छन । चाहे गर्भवति भएको समयमा होस वा नभएको छ । गर्भवति भएै अवस्थामा मदिरा सेवन गर्दा १७ वर्षिया बाङ्गे शाहीले जाजरकोट बस्ति बसेको बेला अत्यधिक मदिरा सेवन गरेर लडेर ढुंङ्गामा ठोक्किदा सात महिनाको गर्भ गर्भपतन भएको सोसेक नेपालद्धारा राउटे बस्मिा संचालित राउटे परियोजनामा कार्यरत जोडि शिक्षक लाल बहादुर खत्री बताउँनुहुन्छ ।

कर्णाली तथा सुदुरपश्चिम आसपासका जंगलहरुमा फिरन्ते जीवन बिताउदै आएको फिरन्ते घुमन्ते जाती हो । एउटा ठाउँमा लामो समय नबिताउने । बस्ति सरेको छोटो समयमै आफ्नो बस्ति सर्ने समुदायभित्र पनि पर्छ यो समुदाय । अज्ञानतासँग रमाइरहेको यो समुदाय स्वास्थ्य, शिक्षा लागायतका कुराहरु व्यर्थ रुपमा बुझ्छन् ।

अन्य समुदायका महिलाहरु गर्भ जाँच गर्नका लागि स्वास्थ्य संस्था पुग्छन् । औषधी प्रयोग गर्छन । तर राउटे समुदायका महिलाहरु गर्भवति भएका बेला गर्भजाँचको लागि नत स्वास्थ्य संस्था नै जान्छन् । नत औषधी नै प्रयोग गर्ने गरेका छन् । गर्भवस्थामा प्रसस्त मात्रमा पोषिला खाने कुरा खानुपर्ने हो । तर, पोषिला खानेकुरा खानुको साटो घरेलु मदिरा सेवन गरेको पाइन्छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया