दार्मामा सामाजिक सुरक्षा भत्ता वडा स्तरबाटै वितरण
सल्यान- दार्मा गाउँपालिका सल्यानमा ज्येष्ठ नागरिक, अशक्त , अपाङ्गता भएका नागरिकलाई सम्बन्धित वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ ।
वडाका विभिन्न टोलबस्तिबाट पालिकामा रहेको बैङ्कसम्म आउन जटिल समस्या रहेका त्यस्ता नागरिकहरूको समस्यालाई मध्यनजर गर्दै सम्बन्धित वडामै पुगेर भत्ता वितरण गरिएको हो ।
दार्मा गाउँपालिकाका सबै वडाहरूमा पुगेर त्यस्ता ज्येष्ठ नागरिक , अशक्त र अपाङ्गता रहेका करिब एक हजारलाई सुरक्षा भत्ता वितरण गरिएको गरिएको नबिल बैक दार्मा शाखा प्रमुख वीरेन्द्र ओलीले बताउनुभयो ।
आफ्नै वडामा सामाजिक सुरक्षा भत्ता बुझ्दा आफू साह्रै खुसी भएको दार्मा २ का ८० वर्षीय सार्की रानाले बताउनुभयो । आफू यो भन्दा पहिले दार्मा ३ फारुला बैकमा पुगेर भत्ता बुझ्दा साह्रै दुख पाएको हिँड्न समस्या रहेको र अहिले आफ्नै वडामा सजिलै भत्ता बुझ्दा खुसी लागेको उहाँले बताउनुभयो ।
दार्मा गाउँपालिका सल्यानको समन्वयमा प्रत्येक वडाको सहजीकरण साथै इ प्र का फारुलाको सहयोगमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरेको दार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीले बताउनुभयो ।
प्रतिक्रिया