स्वास्थ्य चौकीलाई औषधि र सामग्री सहयोग

स्वास्थ्य चौकीलाई औषधि र सामग्री सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो।

सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाले औषधि सहयोग गरेको हो।

ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुुर बोहराले विकासका लागि साझा मञ्चले (सिएफ डि नेपाल) औषधि र तथा स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग गरेको बताउनुभयो ।

सहयोग गरिएका औषधि र सामग्री २२ प्रकारका छन् । उहाँले स्वास्थ्य चौकीमा औषधिको अभाव भइरहेका बेला सहयोग प्राप्त भएका कारण बिरामीको उपचारमा सहयोग पुुग्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य चौकीका लागि औषधिका साथै केही सामग्री आवश्यक रहेका बेला ती सामान उपलब्ध भएका छन्।

मञ्चले स्वास्थ्य चौकीमै सामग्री उपलब्ध गराएको हो। मञ्चका कार्यक्रम अधिकृत सौरभ लामाले स्वास्थ्य चौकीलाई नियमित सहयोग गरिने र औषधि प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया