डोल्पामा यार्सा टिप्न पाटन पुगेका एक जनाको मृत्यु
सुर्खेत – यार्सागुम्बा टिप्न डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–३ टाँस्कीस्थित थाङबुचे पाटन पुगेका जाजरकोटका जंगबहादुर भुलको मृत्यु भएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–८ जुगेनाका अन्दाजी अन्दाजी ४० वर्षीया भुलको मृत्यु भएको हो। भुल गत बैशाख २२ गते घरदेखि यार्सागुम्बा टिप्न भनेर थाङबुचे पाटनमा पुगेका थिए। तर, त्यहाँ पुगेका भुललाई जेट १८ गते एक्कासी श्वास प्रश्वासमा समस्या आएको थियो।
उक्त समस्या देखापरेपछि बारेकोटकै भुलका साला नाता पर्ने तिलबहादुर नेपालीले मोटरसाइकलमा राखेर डोल्पोबुद्ध गाउँपालिका–१ धोमा पु¥याएका थिए।
प्रहरीका अनुसार भुललाई धोमामा रहेको माउण्टेन स्टार होटलमा राखेर स्थानीय स्वास्थ्यकर्मीद्धारा उपचार गरिरहेको अवस्थामा जेठ १९ गते बिहान मृत्यु भएको हो।
प्रतिक्रिया