राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हैन : लिङ्देन

राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हैन :  लिङ्देन

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हुन नसक्ने टिप्पणी गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै राप्रपाको संसदीय दलका नेता समेत रहेका लिङ्देनले भन्नुभयो– ‘राष्ट्रपति कार्यालय मन्त्रिपरिषदको आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन ।’

अध्यक्ष लिङदेनले यत्रो दिन किन नागरिकता विधेयकमा सरकारको चासो भएन र भारत भ्रमण अघि कसको स्वार्थमा प्रमाणीकरण गरियो भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो–‘ बाउआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित रहेका हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनुपर्दछ, उनीहरुका लागि चाँडोभन्दा चाँडो नागरिकता विधेयकमा संशोधन हुनुपर्दछ । अहिले पछिल्लो पटक जुन प्रक्रियाबाट र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी विरोध गर्दछ ।’

उहाँले चाँडोभन्दा चाँडो संसदबाट प्रक्रिया पुर्याएर नागरिकता विधेयक पारित गर्न माग गर्नुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको निष्क्रिय नागरिकता विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दल राप्रपा, रास्वपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

अध्यक्ष लिङ्देनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआउँदै कोही व्यक्तिलाई आम माफी दिइन्छ भने यो देशलाई कतातिर लैजान खोजिएको छ भन्दै प्रश्न गर्नुभयो । उनले यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया