मंगलगढीमा आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययन गरिने
सांकेतिक तस्बिर
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुलको निर्माण गरिने भएको छ ।
आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकाशे पुल निर्माणबारे जानकारी गराउनुभएको हो । उहाँले सम्भाव्यताका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताउनुभयो।
साथै वीरेन्द्रनगरका सडकहरुमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो ।
प्रतिक्रिया