उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर मेरो ध्यान छ: प्रधानमन्त्री

उत्पादन बढाउने र रोजगारी सृष्टि गर्नेतिर मेरो ध्यान छ: प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले मिहेनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने तिर जानु पर्दछ ।’ उहाँले काठमाडौँ विश्वविद्यालयले रोजगारी स्वदेशमै सृष्टि गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

‘आफूले उत्पादन गरेको जनशक्तिलाई देशभित्रै खपत गर्ने वातावरण बनाउनको निम्ति सरकारलाई सहयोग गर्ने जिम्मेवारी यो विश्वविद्यालयको हो, प्रधानमन्त्रीले भन्नुभयो, हामी अलिक धेरै नै राजनीति गर्ने जस्ता भयौं । हरेक कुरामा राजनीति मात्र हुँदा देशमा आर्थिक, शैक्षिक र उत्पादनका विषयहरू पछि परे । जहाँ अनुशासन कायम भयो, जहाँ विकास निर्माणका कामलाई प्राथमिकता दिने भयो, त्यहाँ अनावश्यक राजनीतिक खिचातानी गर्ने ठाउँ नरहने र देशले आर्थिक विकासमा फड्को हान्ने वातावरण रहने रहेछ । यो विभिन्न देशको अनुभवहरू हेर्दा देख्न थाहा पाउन सक्छौँ । उत्पादनको विकास भएर धनी हुँदै गए रोजगारी पनि सोही अनुरुप सृष्टि हुँदै जाने र दक्ष जनशक्ति पनि तयार हुने रहेछ ।’

 

प्रतिक्रिया