प्रतिनिधिसभाको बैठक आज पनि बस्दै
काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो ।
यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।
प्रतिक्रिया