प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरामा पछि परेका छौँ : मुख्यमन्त्री शर्मा
सुर्खेत – कर्णाली प्रदेश सरकारले आज विश्व वातावरण दिवस मनाएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपभोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
कार्यक्रममा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृतिको सही तरिकाले उपभोग गर्ने कुरा र प्रकृतिसँग संघर्ष गर्ने कुरामा मानिसहरु पछि परिरहेको तर्क राख्नुभयो । बिरुवा रोप्दै उहाँले मानिसले तत्कालको सुखका लागि दीर्घकालीन विपद् निम्त्याइरहेको बताउनुभयो ।
प्लाष्टिकजन्य पदार्थबारे उनले त्यसको विकल्पमा धेरै कुराहरु भएपनि प्रयोगमा ल्याउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘विगतमा विवाह समारोहमा सालको टपरी बुन्ने चलन र त्यसको प्रयोग गरिन्थ्यो तर, अहिले बजारबाट प्लाष्टिक ल्याउने र प्रयोग गर्ने काम भइरहेको छ । यो एउटा समस्यासँगै तत्कालको सुख खोजीका लागि दीर्घकालीन विपद् निम्त्याइरहेका छौँ ।’
प्रतिक्रिया