सल्यानमा अन्तर पुस्ता हस्तान्तरण सम्बन्धी १२ दिने बुनाइ कार्यक्रम सम्पन्न

सल्यानमा अन्तर पुस्ता हस्तान्तरण सम्बन्धी  १२ दिने बुनाइ कार्यक्रम सम्पन्न

सल्यान-  अन्तर पुस्ता हस्तान्तरण सम्बन्धी निगालाको चोयाको डोको, छाप्री, टोकरी बुनाइ १२ दिने कार्यक्रम सम्पन्न गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजना १२ दिने सम्म चलेको थियो ।

रोजगारको सिर्जनागरि आर्थिक समृद्धिमा टेवा पुर्याउने, स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्ने, ज्येष्ठ नागरिक हक अधिकारको सम्बन्धमा जानकारी प्रदान गर्ने, ज्येष्ठ नागरिकहरूमा रहेकी पुरानो ज्ञान सिपको संरक्षण तथा प्रवर्द्धन गर्ने, ज्येष्ठ नागरिकहरूको सम्मान तथा अभिनन्दन वृद्धि गर्ने, पुरानो कला तथा सांस्कृतिकलाई जीवन्न राख्न, सीप तथा प्रविधि हस्तान्तरण गरी दक्ष जनशक्ति उत्पादन गर्ने, युवा पुस्तामा हस्तान्तरण गर्ने, उद्देश्य उक्त कार्यक्रमको आयोजना गरिएको छ । सीप सिकेर परिवार आय आर्जनमा सहज हुने बताएको छ । सीप सिकेर आत्मनिर्भर हुन जीवन स्तर सुधार गरेर जाग्न अनुरोध गर्नु भएको छ ।

नगर प्रमुख कर्ण बहादुर बुढाथोकी हामी कृषक भएकोले दैनिक जीवनमा लागू हुने भएकोले वडाको प्रतिनिधित्व हुने गरी सीप सिकाएको र बिस्तारै यसलाई थप परिमार्जन गर्दै लैजान समेत बताउनुभएको छ । डोको डालो विना दैनिक जीवन चलाउन समस्या हुने समेत बताउनु भएको छ । सीप मूलक तालीम नगरपालिकाले एक दर्जन बढी कार्यक्रम सिकाएको समेत बताउनु भएको छ । सीप लिएकोले कहिले व्यवहारमा समेत ल्याइसकेको र सबैले सीप प्रयोग गर्न समेत अनुरोध गर्नु भएको छ । सीप सिकेर व्यवहारमा ल्याएर बेच्ने काम गरेकोमा जीवन स्तर सुधार हुने समेत बताउनु भएको छ । यस्तै थप सिप सिकाउने समेत बताउनु भएको छ । सीप सिकेकोलाई व्यापारीकरण लागि पनि सहयोग गर्ने समेत बताउनु भएको छ ।

उप प्रमुख पुरुषोत्तम आचार्यले ज्येष्ठले सिकेको सीप लोप हुँदै जाँदा युवाहरूमा सिकाउन आवश्यक भएको सबै कृषकका छोराछोरीलाई दैनिक जीवनमा प्रयोग हुने भएकोले सीप नगरपालिकाले सिकाए बताउनु भएको छ । सीप छैन त केही छैन सीप छ सबै भएको कुरा बताउनु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर घर्ती आफूले पनि गाउँघरमा बस्दा यस्तो सीप सिकेको र अहिले पेसाको सिलसिलामा बाहिर भएकोले कृषकहरूलाई अति आवश्यक भएको समेत बताउनु भएको छ ।

सीप राम्रो सिकेको यसलाई निरन्तरता दिने महिला शाखा प्रमुख निरु साहीले बताउनु भएको छ । मान्छेको सोचाइ नै परिवर्तन नभए सम्म जति विकास गरे पनि विकास गरेको नदेखिने समेत बताउनु भएको छ । जीवन चलाउन सके मात्र धेरै राम्रो हुने समेत बताउनु भएको छ यसमा महिलाहरू धेरै राम्रो सहभागिता देखिएको थियो । डोको डाला लोभ हुँदै जयादासलाई संरक्षण दिनु पर्नेमा जोड दिनु भएको छ ।

डिल्ली बहादुर वर सहभागी गौरव लागेको र सधैँ यसरी अन्य सिप दिएमा आफूहरूलाई दैनिक चलाउन सहजीकरण हुने समेत उहाँले बताउनु भएको छ । सीप बिना कुनै काम गर्न नसकिने र युवा अवस्थामा जुन ठाउँमा गएर काम गरेर खान सके पनि वृद्ध अवस्था सिपले जीवन चलाउन सहज हुने र यस्तो सीप मूलक कार्यक्रम दिएकोमा नगरपालिकालाई धन्यवाद समेत दिनु भएको छ । सीता विकले लुकेको सिपाही बाहिर ल्याउने वातावरण गरिदिएकोमा नगरपालिका धन्यवाद दिँदै यसलाई निरन्तर दिन आग्रह गर्दै आफूले जीवन व्यवहारमा लागू गर्न सबैले आग्रह गर्नु भएको छ ।

६ न वडा अध्यक्ष गणेश वि सिको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लक्ष्मी साहीले गर्नु भएको थियो ।-सल्यानखबर

प्रतिक्रिया