प्रतिनिधिसभाको बैठकमा छलफल आज पनि जारी रहने
काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ ।
सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।
बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।
प्रतिक्रिया