कालिकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

कालिकोटमा जिप दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत –   कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् ।

ग ३ च ४६१० नम्बरको उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । यद्यपि घटनाको अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जनाएको छ ।

यस्तै घटनामा रिताकुमारी शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया