रास्वपा सभापति लामिछानेले गरे संसदमा आत्मआलोचना

रास्वपा  सभापति लामिछानेले गरे संसदमा आत्मआलोचना

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गर्नुभएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताउनुभयो ।

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भन्नुभयो ।

सोही अवसरमा सांसद लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागि परेको भन्दै दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया