काठमाडौंमा प्रहरीको गोली लागी लागुऔषध कारोबारी घाइते

काठमाडौंमा प्रहरीको गोली लागी लागुऔषध कारोबारी घाइते

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आज गोली चलेको छ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिनामंगलस्थित शम्भु मार्गमा लागुऔषधका कारोबारीविरुद्ध गोली चलाएको हो।
गोली लागेर विकास भगवत घाइते भएका छन्। उपचारका लागि उनलाई केएमसी अस्पताल भर्ना गरिएको छ।

एसएसपी गोविन्द थपलियाले लागुऔषध किनबेच भइरहेको सूचना पाएर पुगेको ब्युरोको टोलीविरुद्ध गोली हानिएपछि प्रहरीले जवाफी फायरिङ गरेको बताउनुभयो ।

‘घाइते विकासको ठेगाना खुलिसकेको छैन’, उहाँले भन्नुभयो, ‘हामी उनको अभिभावकलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ।’
उनको घुँडामुनि गोली हानिएको हो। उनका साथमा रहेका केही व्यक्ति भने भाग्न सफल भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया