ढुंगा लागेर हुम्लामा एक बालकको मृत्यु
सिमकोट – हुम्लामा बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ। सर्केगाड गाउँपालिका–८ राहदेव गाउँका भुपेन्द्र रोकायाको ढुंगाले लागेर मृत्यु भएको हो।
हुम्लाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बाख्रा चराउन राहादेव गाउँको तल्लो सताङ्ग जंगलमा गएका बेला माथिबाट खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको बताउनुभयो । ढुंगाले लागेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।
उनीसँगै बाख्रा चराउन सोही गाउँका ११ वर्षीय अनिल ऐडी पनि गएका थिए। ऐडीको ढुंगाले लागेर दाहिने हात भाँचिएको छ। ऐडीको राहदेव स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया