रेबिज रोगविरुद्ध कुकुरको बन्ध्याकरण र उपचार

रेबिज रोगविरुद्ध कुकुरको बन्ध्याकरण र उपचार

सिमकोट – गाउँमा पाल्दै आएका कुुकुरको बन्ध्याकरण र उपचार गर्न थालिएको छ। रेबिज रोग नियन्त्रण गर्न कुुकुुरको उपचार तथा बन्ध्याकरण गरिएको हो।

नाम्खा गाउँपालिका पशुविकास शाखाका प्रमुख पठाने बुढाका अनुसार गाउँपालिकाभित्र रहेका कुुकुुरको पहिलो पटक अभियानका रूपमा बन्ध्याकरण र उपचार गर्न थालिएको छ।

कुुकुरबाट सर्ने रेबिज रोग नियन्त्रण गर्न उपचार गर्नुपरेको हो। शाखाले कुकुरमा रेबिज रोग भएको आशंका गरेपछि उपचार कार्य अगाडि बढाएको हो।

गाउँपालिका केन्द्र याल्वाङबाट उपचार सुरु गरिएको जानकारी दिँदै कुुकुुरको उपचार सबै वडास्तरमा गरिने भएको छ। पहिलो दिन आठ वटा भाले कुकुरको सफल बन्ध्याकरण गरिएको छ भने १० वटा पोथी कुकुरलाई तीनमहिने सुुई लगाउने कार्य भएको हो।

यसअघि यसरी रेबिज रोगविरुद्ध कुकुरलाई उपचार गर्ने कार्य गरिएको थिएन। गाउँपालिकाभरि सयभन्दा बढी कुकुर भएको अनुमान शाखाले गरेको छ र ती सबै कुकुुरलाई उपचार गरिनेछ।

भाले कुकुरको बन्ध्याकरण उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तकदिर लामा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाहीलगायत सहभागी थिए।

प्रतिक्रिया