आफ्नो कार्यकक्षमा वडा अध्यक्ष थापाले राखे ग्रेटर नेपालको नक्सा

आफ्नो कार्यकक्षमा वडा अध्यक्ष थापाले राखे ग्रेटर नेपालको नक्सा

दैलेख –  दैलेखको महाबु गाउँपालीका वडा नं-२ का वडा अध्यक्ष प्रकाश राज थापाले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको छ ।

केही दिनअघि काठमाडौ महानगरपालिकाका मेयर वालेन शाहले आफ्नो कार्यकक्षमा उक्त नक्सा राख्नुभएको थियो ।

भारतले नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेर अखण्ड भारत नामको नक्सा बनाएपछि नेपाल त्यसको चौतर्फि बिरोध भईरहेको छ ।

त्यसको प्रतिभाद स्वरुप सुगौली सन्धि अघिको पूर्वमा टिस्टा र पश्चिममा काँकडा सम्म फैलिएको ग्रेटर नक्सा राखि ” हामि ग्रेटर नेपाल बुज्दछौ ग्रेटर नेपाल जान्दछौ ” वडा अध्यक्ष थापाले बताउनुभएको छ ।

प्रतिक्रिया