नागरिक लगानी कोषको शाखा कार्यालय सुर्खेतमा स्थापना

नागरिक लगानी कोषको शाखा कार्यालय सुर्खेतमा स्थापना

सुर्खेत –   सुर्खेतमा नागरिक लगानी कोषको शाखा कार्यालय स्थापना गरिएको छ । वीरेन्द्रनगर ८ खजुरामा स्थापना भएको कार्यालयको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको हो ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धिका साथ साथै लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य सुर्खेतमा पनि कार्यालय स्थापना गरिएको छ ।

उद्देश्य प्राप्तीका लागि कोषले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी/कामदार तथा संगठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्ने लक्ष्य राखिएको छ ।

सुर्खेतमा कार्यालय स्थापना भएसँगै कर्णालीका सबै नागरिकहरूमा सेवा प्रवाह गरिने बताइएको छ ।

प्रतिक्रिया