पञ्चकोशी वेदवृद्धाश्रमका बटुकहरुको स्वास्थ्य परिक्षण

पञ्चकोशी वेदवृद्धाश्रमका बटुकहरुको स्वास्थ्य परिक्षण

सुर्खेत –   दुल्लु नगरपालिका १० नाभिस्थानमा रहेको पञ्चकोशी वेदवृद्धाश्रमका बटुकहरुको स्वास्थ्य परिक्षण सँगै निशुल्क औषधी वितरण गरिएकोे छ ।

दुल्लु अस्पताल दैलेखका मेडिकल सुपरिटेन्डेन्ट डा. राजन नारायण नकर्मी द्रारा उहाँहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । स्वास्थ्य परिक्षण का साथै निशुल्क औषधि बितरण कार्यक्रम सम्पन्न भएको बताइएको छ । कर्णाली प्रदेशमा स्थापना भएको पहिलो गुरुकुल बिधालय हो ।

गुरुकुलमा हाल ४६ जना बटुकहरु अध्यनरत रहेका छन् । १०/१५ दिन देखि लगातार खोकी आउन थालेको खबर फोन मार्फत पाएपछि दैलेख गएको अबसर पारेर डा., मेयर, र उपमेयर सहित नभिस्थान गएको प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताउनुभयो ।

कार्यक्रममा दुल्लु नगरपालिका प्रमुख भरत प्रसाद रिजाल,उपप्रमुख बिना कार्की र वडा १० को वडा अध्यक्ष दिपेन्द्र कुमार पुरी, बिरेन्द्रनगर नपा ६ को वडा अध्यक्ष जनक बहादुर रावल को उपस्थिति रहेको थियो ।

४६ जना बटुकहरुको चेकजाँचपछि उपचार गरेको दुल्लु अस्पतालको एच ए समीर खत्रीले बताउनुभयो । डा. नकर्मीले अरु सामुदायिक बिधालयमा पनि स्वास्थ्य चेकजाँच अभियान दुल्लु अस्पतालले सन्चालन गर्ने बताउनुभयो ।

प्रतिक्रिया