राष्ट्रिय ध्वजावाहक विमानले सुरु गर्याे भैरहवा- मलेसिया उडान
बुटवल – एकवर्ष पहिले काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा परीक्षण उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले आजबाट मलेसिया-भैरहवा उडान गरेको छ ।
राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले सन्चालन गर्ने मलेसिया भैरहवा काठमाडौं व्यवसायिक उडानको अन्तरगत मलेसियाको क्वालालम्पुरबाट आएको ९ एन ए केएक्स विमानलाई पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज बिहान भैरहवामा स्वागत गर्नुभयो ।
मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा आएको निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी बिमान अवतरण गरेको थियो । मलेसियाका पर्यटन व्यवसायीहरु सहित आएको बिमानलाई पर्यटन संस्कृति तथा नागरिक उड्डयनमन्त्री किराँती तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी एवं यश क्षेत्रका पर्यटन व्यवसायीहरुले स्वागत गर्नुभएको थियो ।
निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं हुँदै मलेसिया फर्किने छन् ।
निगमले जेठ पहिलो साता मलेसिया भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया भैरहवाका लागि प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रुपैया घोषणा गरेको थियो । भने अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाडौं ५६ हजार रुपैयां दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ ।
निगमका अनुसार मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ ।
कम्तीमा १० अर्ब रुपैया लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया