जुम्लामा एकदिने बिमा सचेतना तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
सुर्खेत – जुम्लाको कनकासुन्दरी गाउँपालिका जुम्ला र प्रभु इन्स्योरेन्स लिमीटेड बिच एकदिने बिमा सचेतना तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जुम्लाको कनका सुन्दरी गाउँपालिकाको कार्यालय गोठी जिउलामा शनिबार सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता प्रभु इन्स्योरेन्स लिमिटड सुर्खेत शाखा प्रमुख कलम रोकायाले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दामोदर प्रशाद आचार्यले गर्नु भएको थियो ।
त्यस्तै विशेष अतिथि गाउँपालिका उपाअध्यक्ष प्रेम कली बुढा गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाही नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) कर्णाली प्रदेश प्रमुख योगेन्द्र बहादुर कार्कि ले गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका सम्पुर्ण ८ वटै वडा अध्यक्षहरु स्थानीय जनप्रतिनिधी कृषक इलाका प्रहरी प्रमुख स्थानीय सरोकारवाला सहित ७० जना बढी स्थनीय हरुको उपस्थिति रहेको थियो ।
निर्जिवन बिमा को आवश्यकता र यस्को महत्वका बिषयमा शाही नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स)का अध्यक्ष योगेन्द्र बहादुर कार्किले प्रश्तुती राख्नु भएको थियो । कार्यक्रममा उपस्थिति हरुका बिच छलफल तथा अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न हरुको जबाफ आयोजक प्रभु इन्स्योरेन्स लिमीटेड शाखा प्रमुख कलम रोकायाले दिनुभएको थियो ।
ग्रामिण गाउँ बस्तीहरुमा बिमाको आवश्यकता रहेको कृषि बिमा पशु बिमा तथा सम्पती बिमाको आवश्यकता रहेकाले अब बिमा कम्पनीहरुले सहर बजार केन्द्रित हुनुको साटो ग्रामिण क्षेत्रहरुलाइ प्राथमिकता दिनु पर्ने गाउँपालिका अध्यक्ष दामोदर प्रशाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जुम्ला जिल्ला कृषी क्षेत्रको हब भएकाले पनी यहाँ बिमाको आवश्यकता रहेको छ । गाउपालिका बिमाको क्षेत्रमा गाउँपालिको पुर्ण सहयोग हुने बताउनुभयो ।
अब बिमा कम्पनीहरुले बिमाको पहँच बिस्तार गर्न शाखा कार्यालयहरुको पनि बिस्तार गर्नुपर्ने बताउँदै बिमा कम्पनीहरुको नियमक निकाय नेपाल बिमा प्रधिकरणको निर्देशनमा कर्णाली प्रदेशका स्थानीय तहहरुमा बिमा सचेतना गर्नु पर्ने उद्धेश्यका साथ प्रभु इन्स्योरेन्स लिमिटेडले जुम्लाको कनका सुन्दरीमा कार्यक्रम सम्मन्न गरेको बताइएको छ ।
प्रतिक्रिया