कुशे ९ मा विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य

कुशे ९ मा विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य

जाजरकोट –  जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बाल विवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडामा बढ्दै गएको बाल विवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीहरूमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको हो ।

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको छ । वडाध्यक्ष शिवराज गिरीले समाजमा बढ्दै गएको बालविवाहलाई न्यूनीकरण गर्न जेठ ३० गतेदेखि विवाहपूर्व वडाबाट सिफारिस लिनुपर्ने नियम लागू गरेको बताउनुभयो ।

वडामा हुने बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । विवाह गर्नुपूर्व वडा कार्यालयबाट विवाहका लागि स्वीकृति नलिई विवाह गरेको पाइएमा वडा कार्यालय कारबाहीका लागि पछि नपर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया