नेपाली काँग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन उद्घाटन

नेपाली काँग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन उद्घाटन

दैलेख – नेपाली काँग्रेसका केन्द्रीय एवं कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन बुधवार दैलेख सदरमुकाममा भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ ।

चौधौं महाधिवेशनपछि प्रथम सम्मेलनले पार्टी संगठन पद्धति, अघिल्लो वर्ष सकिएको निर्वाचनको समीक्षा र भावी योजना निर्माण गर्न सम्मेलन आयोजना गरिएको पार्टी जिल्ला सचिव नारायणप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद सीता राना, केन्द्रीय सदस्य जानकी सिंह, नेपाली काँग्रेसका कर्णाली प्रदेश समितिका महामन्त्री कृष्णबहादुर रोकाय, प्रतिनिधिसभाका साँसद दिक्पालकुमार शाही अतिथि वक्ता हुनुहुनेछ ।

कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री कृष्णकुमार बीसी, कर्णाली प्रदेशसभाका सामाजिक समितिका अध्यक्ष घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाका सदस्यद्वय बिजया बुढा, पूर्णबहादुर खत्री लगायतका नेताहरुले बोल्नुहुने नेपाली काग्रेस दैलेखका जिल्ला सचिव खेमराज ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया