दैलेखमा बाल विवाह विरुद्धको अभियानमा जुटे किशोरी
दैलेख- दैलेखको गुराँस गाउँपालिकाका दुइजना किशोरीले बाल विवाह विरुद्धको अभियान संचालन गरेका छन् । गुराँस गाउँपालिकाका दुई किशोरि जसले गुराँसमा बाल विवाह विरुद्धको अभियान नै सञ्चालन गरेका छन । बाल विवाह विरुद्ध विभिन्न सचेतना कार्यक्रम गर्दै विद्यालयमा र गाउँटोलमा पुग्ने गरेका छन् ।
फरक फरक पृष्ठभूमिका किशोरि सिमा र जानकि कक्षा ९ र १० मा अध्ययनरत करिव तीनसय भन्दा बढि किशोर किशोरिलाई बाल विवाह बाट हुने असर र आफनै जिवनका भोगाईहरु बताउदा सहभागी बालबालिकाहरुले उमेर नपुगि विवाह नगर्ने योजना बनाएका छन ।
उहाँहरु भन्नुहुन्छ, हामिले जिवनको लक्ष्य शिक्षा बनायौ । तर हाम्रा साथिहरुले विवाहलाई जीवन सोचे रत आज दुख पाईरहेका छन ।आफ्नो लक्ष्य पुरा नगरेसम्मा विवाह नगर्न उहाँहरुले आग्रह समेत गर्नुभएको थियो ।
बालबालिकाहरुको यौन स्वास्थ्यलाई व्यवस्थापन गर्न नजानेका कारण प्रेमको प्रभावमा परेर किशोर किशोरिले विवाह गर्ने गरेको सिमाको भनाई थियो । उहाँले भन्नुभयो, ‘बाल विवाह गरिसकेपछि विद्यालयमा अध्ययन गर्ने वातावरण बन्दैन । विवाहित किशोरिलाई समाजले पनि वहिष्कार गर्छ । मैले धेरै चुनौतिहरु भोगे शिक्षालाई निरन्तरता दिन । आगामि दिनमा कसैले यस्तो दुख नभोगना नपरोस भनेर म आफै वालविवाह विरुद्धको अभियान चलाईरहेकि छु ।’
त्यस्तै बाल विवाहका कारण कैयौ किशोरिले आत्महत्या गरेका छन, कैयौको घरवार बिग्रिएको छ । बाबुआमा हसदाहुदै पनि बालबालिका टुहुरा बनो छन । यो बाल विवाहको असर हो । अझै बालबिवाहलाई रोकना नसक्ने हो भने आउँदो पुस्ता पनि अझै संकटमा पर्ने सक्ने भएकाले बालविवाह रोक्न सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारिले सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया