निषेधको राजनीति त्याग्न पुर्व मुख्यमन्त्री शाहीको आग्रह

निषेधको राजनीति त्याग्न पुर्व मुख्यमन्त्री शाहीको आग्रह

दैलेख – नेपाली काग्रेस दैलेखको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार नेपाली काँग्रेस दैलेखको आयोजनामा सम्पन्न भएको हो । सम्मेलनको उद्धाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको थियो ।

सम्मेलनमा कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसलाई सुदृढ बनाउन निषेधको राजनीति त्याग्न सबैलाई आग्रह गर्नुभयो । निषेधको राजनीतिले कसैलाई माथि पु¥याउन नसक्ने भन्दै उहाँले कार्यकर्तालाई सबैको विचार समेटेर नेतृत्वले काम गर्नुपर्ने उहाँको भनाई थियो ।

यस्तै कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री कृष्णकुमार बीसीले नेपाली काँग्रेस आउने दिनको चुनौती सशक्त रूपमा निभाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो नेपाली कांग्रेस पार्टी लामो इतिहास भएको पार्टी हो । उहाँले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद दिक्पालकुमार शाही,कर्णाली प्रदेशसभाका सामाजिक समितिका अध्यक्ष घनश्याम भण्डारी, कर्णाली प्रदेशसभाका सदस्यद्वय बिजया बुढा, पूर्णबहादुर खत्री लगायतका नेताहरुले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया