प्रकृतिका कुचिकार मानिने विभिन्न प्रजातीका ‘गिद्ध’ (फोटोफिचर)
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ लबिसा स्थित प्रकृतिका कुचिकार हिमाली गिद्ध तस्बिर : जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी गोबिन्द सिंह /जाजरकोट
सुर्खेत – यो हिमाली जातको गिद्ध हो । सिनो खान आएको समयमा ३४ वटा गिद्धहरुको गणना गरिएको छ भने बारेकोट गाउँ पालिकामा ६८ वटा रेकर्ड गरिएको छ भने गुड ३७ वटा रहेको जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी गोविन्द सिंह बताउनुहुन्छ ।
जिल्ला भरि एकै समयमा सिनो राखेर गणना गर्दा कुन ठाउँमा कति संख्या देखिन्छ कुल संख्या थाहा हुने थियो तर, कुनै निकायबाट पहल नभएको उहाँ बताउनुहुन्छ ।
हाल पाँच जात मध्ये हाड फोर गिद्धका ४ वटा र दुर्लभ सुन गिद्धका १ सेतो गिद्धका २ रेकर्ड भएका छन भने हिउदे आगन्तुक राज गिद्धको हालसम्म नेपालमा गुड देखिएको छैन ।
हाल सम्म १० वटा हिमालि गिद्धको उद्धार उपचार पछि ९ वटा छोडिएकामा १८ दिन सम्म नउडे पछि जिल्ला डिभिजन वन कार्यौलय जाजरकोटमा जिम्मा दिएर पनि उड्न नसके पछि गिद्ध रेष्टुरेन्ट नवलपरासी पिथौलिमा राखिएको सिंहले बताउनुभयो । सुर्खेत काँक्रेबिहार केहि महिना राखेको हिमालि गिद्ध पनि त्यही राखिएको उहाँले बताउनुभयो । सिनोमा बिषादि ढुङ्गा गुलेली हान्ने काम अहिले पनि रोकिएको छैन। जस्ले गर्दा गिद्धको संख्या घट्दै गएको छ ।
हिमालि गिद्धका गुड ३७ वटा रेकर्ड गरिएको छ भने जनचेतनामूलक कार्यक्रम संरक्षणका लागि कतैबाट प्रयास नभएको र गर्ने लाई पनि अनावश्यक टीका टिप्पणी गर्ने क्रम कम नभएको उहाँको गुनासो रहेको छ । यस्बाट पैसा धेरै आउछ फोटोबाट पनि पैसा कमाउने गरेको आरोप लाग्ने गरहेको उहाँको गुनासो छ ।
विभिन्न जातका गिद्धहरु
हाडफोर गिद्ध
पहिलाका ३३ गुड थिए यो बर्षमा थप ४ वटा गुड भेटिएका छन् । सबै गुडभन्दा यो चुई गाउँको गुड लगाएको गिद्धले सबैभन्दा अगाडि गुडमा अण्डा पारेर कोरेलेर बच्चा हुर्काएको हो । अरु गिद्धले ढिला कोरेल्ने बच्चा पनि ढिलो गरेकोमा नियमित अध्ययनका रुपमा यो जोडिले सबै भन्दा अगाडि बच्चा हुर्काउन सफल भएको हो । त्यसैले ३७ गुडहरुमा यो ठाउँको गुडबाट बच्चा छिटो हुर्काउन सफल भएको हो ।
प्रतिक्रिया