मेयर बालेनको विरोधपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी हुन्’ संवाद

मेयर बालेनको विरोधपछि ‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी हुन्’ संवाद

काठमाडौँ –  दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतमा जन्मिनुभएको हो’ भन्ने गलत संवाद हटाइएको छ।

बिहीबार मात्र काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त स‌ंवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिनुभएको थियो ।

उहाँको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीता भारतमा जन्मिएकी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायण अनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उहाँसँग विवाह गर्नुभयो ।

फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् कि छैनन्, त्यो भने हेर्न बाँकी छ। फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्।

प्रतिक्रिया