प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ –  नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

उहाँले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, संवैधानिक अंगका प्रमुखहरू, न्यायाधीशहरू, नेपाल बार एसोसिएसनका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, उच्च पदस्थ सरकारी अधिकारी तथा सुरक्षाप्रमुखहरु उपस्थित थिए ।

यसअघि शुक्रबार नै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि कार्कीलाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया