कर्णालीले बदल्यो ‘छोरीको बैंक खाता’ कार्यक्रम
सुर्खेत- कर्णाली प्रदेश सरकाले ुबैंक खाता, छोरीको जीवनभरिु सुरक्षा कार्यक्रम परिमार्जन गरेको छ।
शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आगामी वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै बैंक खाता, छोरीको जीवनभरि सुरक्षा कार्यक्रमलाई परिमार्जन गरी छोरीहरुको जीवन बीमा गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।
यस कार्यक्रमका लागि १५ करोड रुपैयाँ बजेट छुट्याइएको बताउनुभयो । बालिकाहरूको स्नातक तहसम्म अध्ययन सुनिश्चित गर्न उक्त कार्यक्रम ल्याइएको हो।
प्रतिक्रिया