कर्णाली सरकारले सबै घरको बीमा गरिदिने
सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेशभित्र रहेका सबै घरको बीमा गरिदिने भएको छ।
शुक्रबार आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आगामी वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशभित्र रहेका सबै घरको बिमा गरिदिने बताउनुभयो ।
यसका लागि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विपद्बाट हुनसक्ने जोखिम हस्तान्तरणको लागि उक्त कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया