नदी तथा खानीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक

नदी तथा खानीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरणमा रोक

रुकुम पश्चिम-  रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन तथा विक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले असार १ गते देखि लागु हुुने गरी भदौ मसान्तसम्म नदी तथा खानीजन्य पदार्थ उत्खन्न, संकलन तथा विक्री वितरणमा रोक लगाएको हो ।

नगरपालिकाको प्रारम्भिक वातावरणीय परीक्षण २०७८ अनुसार नदी तथा खानीजन्य पदार्थ संकलन तथा उत्खनन गर्ने अवधि सकिएकाले नगरपालिका भित्रका साँख खोला, काँईयोखोला, मुग्लुखोला लगाएतका अन्य खोलानालाहरुमा ढुंगा गिट्टी, वालुवा, उत्खनन् तथा विक्रि वितरणमा रोक लगाएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताउनुभयो ।

उहाँका अनुसार सानीभेरी नदी किनाराका प्रियतरा, मुग्लुखोला, लामिताल, गाराघाट र भलखोला घाटमा पनि नदीजन्य वस्तु ढुंगा, गिट्टी, वालुवा, उत्खनन् तथा विक्रि वितरणमा रोक लगाइएको छ । नगरपालिकाबाट प्रचलित कानुन बमोजिम अनुमति पाएका नीजि क्षेत्रका कम्पनी तथा ठेकेदाहरुलाई भदौ मसान्तसम्म नदी जन्य पदाथ उत्खनन् नगर्न भनिएको छ ।

निषेधित अवधिमा अनाधिकृत ढगंले नदी तथा खानीजन्य पदार्थ ढुंगा गिट्टी, वालुवा, माटो, स्लेट, रोडा उत्खनन् तथा विक्रि वितरण गरेको पाइएमा खनिज पदार्थ तथा ढुवानीका साधन नियन्त्रणमा लिई कानुन बमोजिम दण्ड जरिवाना गर्ने नगरपालिकाले चेतावनी दिएको छ ।

प्रतिक्रिया