जालझेलले समाजवाद आउँदैन : बाबुराम भट्टराई

जालझेलले समाजवाद आउँदैन : बाबुराम भट्टराई

काठमाडौँ –   पूर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

जालझेलले समाजवादको निर्माण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गर्नुभएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उहाँले भन्नुभयो, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उहाँले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशङ्का व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिनुभएको छ । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भन्नुभएको छ, ‘केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

प्रतिक्रिया