आजदेखि वर्षा हुने क्रम बढ्ने

आजदेखि वर्षा हुने क्रम बढ्ने

काठमाडौँ –  आज (बिहीबार) देखि देशभर मौसम बदली (बादल लाग्ने) र वर्षा हुने क्रम बढ्दै जाने देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मौसम बदली र वर्षा क्रमशः बढ्दै जाने संकेत देखिएको हो।

मौसम महाशाखाका अनुसार हाल देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। जसका कारण देशभर बदली र वर्षाको सम्भावना बढेको हो।

काठमाडौं उपत्यकामा आज हुनसक्छ भारी वर्षा

बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ। मौसमविद् मानन्धरका अनुसार दिउँसोलाई उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति भारी वर्षा पनि हुनसक्छ। राति बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ’, उहाँले भन्नुभयो, ‘त्यसकारण काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिन्छ।’

मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। जसअनुसार आज (बिहीबार) देखि पर्सि (शनिबार) सम्म यस्तो छ वर्षाको सम्भावना–

असार ७ गते बिहीबार
दिउँसो स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति :  कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार ८ गते शुक्रबार
दिउँसो :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति स् देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

असार ९ गते शनिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

राति :  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघगर्जनरचट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।नेपालखबर

प्रतिक्रिया