काठमाडौंमा साउन १ देखि प्लास्टिकको झोला प्रयोग गर्न नपाइने

काठमाडौंमा साउन १ देखि प्लास्टिकको झोला प्रयोग गर्न नपाइने

काठमाडौँ –  काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ।

कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने निर्णय सुनाउनुभएको हो ।

प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया