पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

काठमाडौं –  सेलिब्रेटी पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गर्नुभएको छ ।

पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गर्नुभएको हो । उहाँलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गर्नुभएको छ ।

शाहले रास्वपा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अहिले केन्द्रीय समिति र संसदीय बैठक जारी रहेको छ । त्यसपछि पत्रकार सम्मेलन हुने र दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापन कार्यक्रम रहेको छ ।

प्रतिक्रिया