दुल्लु नगरपालिका ८ मा विवाहपूर्व अनिवार्य वडाको सिफारिस

दुल्लु नगरपालिका ८ मा विवाहपूर्व अनिवार्य वडाको सिफारिस

सुर्खेत –   दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ८ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

२० वर्ष पुगेका किशोरकिसोरीले विवाह गर्न इच्छुक भएको र उमेर पुगेको निवेदन वडामा दिएपछि र वडाले सिफारिस गरेपछि मात्र विवाह हुने बताइएको छ । यस्तै सिफारिस नलिएर गरिएको विवाहको विवाहदर्ता नहुने समेत प्रकाशित सुचनामा उल्लेख छ ।

वालविवाह न्युनिकरणको क्षेत्रमा काम गरिरहेको आवाज परियोजनाले गत असार ३ गते विगतको कार्यक्रमको समिक्षा तथा आगामी रणनीतिको बारेमा गरेको सरोकारवालाहरु बिचको अन्तरक्रिया कार्यक्रमको अवसरमा वडामा विवाहको लागि निवेदन दिनुपर्ने र वडाले अनिवार्य सिफारिस गर्नुपर्ने निर्णय गरेको थियो ।

आवाज परियोजनाले विगतमा दुल्लु नगरपालिकाको वडा नं. ४,५ र १० लाई वालविवाहमुक्त वडाको रुपमा घोषणा गरिसकेको छ । भने अहिले दुल्लु नगरपालिकाको ७,८ र ६ मा विभिन्न कार्यक्रम सहित वालविवाह, वालश्रम लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।

 

प्रतिक्रिया